सिटिईभिटीको निर्णय लत्याएको भन्दै शैलेश्वरी क्याम्पसमा ताला, प्रशासन भन्छ- ‘अस्पष्ट सुचनाले झुक्याएको हो…’

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सिटिईभिटीको निर्णयलाई लत्याएको भन्दै धनगढीस्थित शैलेश्वरी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । सोमवार विद्यार्थीहरुले शुल्क फिर्ताको माग राख्दै शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी धनगढीको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

क्याम्पसले विद्यार्थीको १५ प्रतिशत शुल्क फिर्ता गर्नेभनि प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिईभिटि) ले निर्देशन दिएपनि क्याम्पसले फिर्ता नगरेको उनीहरुले बताएका छन् । क्याम्पसलाई पटक पटक अल्टिमेटम दिँदापनि आफुहरुको मागलाई बेवास्ता गर्दै आफुहरुलाई निरुत्साहित गरेको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थि सुरेन्द्र सिंह साउँदले बताए । ‘प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिईभिटि) ले जारी गरेको सुचनाका आधारमा आफुहरुले कलेजबाट लकडाउनको ७ महिने अवधिमा हुन आउने कुल रकम रु ७० हजारको १५ प्रतिशतले १० हजार ५ सय पाउनुपर्ने हो’, उनले भने, ‘तर उक्त शुल्क कलेजले दिनुको सट्टा उल्टै धम्किपुर्ण शैलिमा पेल्न खोज्दै छ ।’

यस्तो छ विद्यार्थिले कलेजमा दिएको निवेदन र मागः

त्यस्तै सोहि विषयमा बुझ्न अर्थ सरोकारको टिम उक्त कलेजमा पुग्दा शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी धनगढीकी प्रमुख बिमला पौडेल स्वांरले हामीसँग क्यामेरामा बोल्न नै मानिन् । तर उनिसँग भएको अनौपचारिक संवादमा उनले सिटिईभिटीले जारी गरेको सुचना स्पष्ट नभएकाले विद्यार्थि र कलेज प्रशासनबीचमा द्धन्द सृजना भएको बताएकी छिन् । हामीले पैसा नदिने भन्ने होईन, उनले भनिन्, सिटिईभिटीबाट स्पष्ट निती आउने बित्तिकै हामी १० हजार होईन लाखौँ परेपनि दिन तयार छौँ ।

यस्तो छ सिटिईभिटीको सुचनाः

तर विद्यार्थिहरुले भने कलेज प्रशासनले पटक पटक गरी आफुहरुको भविष्यमाथी खेलवाड गरेको आरोप लगाएका छन् । ‘क्याम्पस प्रमुखसँग शुल्क फिर्ताको कुरा राख्दा तिमिहरुलाई जे गर्न मन छ गर भन्दै धम्की दिनुभयो’, एक विद्यार्थिले भने, ‘यहि रिसले हाम्रो रिजल्टमा समस्या पर्यो भने जिम्मेवार को हुने ?’

विद्यार्थिहरुले कलेजमा लगाएको ताला माग सम्बोधन नभएसम्म नखोल्ने अडान लिएका छन् । यता बार्ता र समझदारीका लागि सहज वातावरण नभएका कारण तत्काललाई विद्यार्थिको परिक्षालाई मध्यनजर गर्दै १ हप्ता विदा दिईएको क्याम्पस प्रमुख बिमला पौडेल स्वाँरले बताएकी छिन् । यस विषयमा अर्थ सरोकारले गरेको थप फलोअप आउन बाँकी छः

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal