अन्ततः सुनुवाई भयो विद्यार्थिको माग, १० दिनभित्रमा शुल्क फिर्ता गर्ने सहमतिमा शैलेश्वरी कलेजको ताला खुल्यो…

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीको शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजीमा लागेको ताला खुलेको छ । मंगलबार कलेज प्रशासन र विद्यार्थिबीच भएको वार्ताबाट कलेजले माग सम्बोधन गर्ने भएपछि ताला खुलेको विद्यार्थिले जानकारी दिएका छन् ।

सिटिईभिटीको निर्णयलाई लत्याएको भन्दै शैलेश्वरी क्याम्पसमा सोमबार विद्यार्थीहरुले तालाबन्दी गरेका थिए । विद्यार्थिसँगको वार्ता सकरात्मक रहेको शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी धनगढीकी प्रमुख बिमता पौडेल स्वांरले बताईन् । ‘विद्यार्थिसँगको सहमतिमा ताला खुलिसकेको छ’, उनले भनिन्, ‘१० दिनभित्रमा सिटिईभिटीमो सुचना र विद्यार्थिको माग बमोजिम १५ प्रतिशत रकम फिर्ता गर्छौँ ।’ त्यस्तै उनले विद्यार्थिका माग पुरा नभएमा आगामी प्रक्रियाका लागि कलेजले प्रशस्तै ठाउँ छोडेको समेत बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal