धनगढीको विकास- ठिङ्ग उभिएका पोलले दिर्घकालीन विकासलाई गिज्याईरहेछन्…

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । निकै लामो समयदेखी धनगढीबासीको सपना थियो फराकिला सडक र व्यवस्थित नाला । तर पछिल्लो समय परिवर्तनको लस्करमा रहेका धनगढीका मुख्य तथा बाईपास सडकका विषयमा नागरिक स्तरमा त्यत्तिकै मात्रामा जिज्ञासाको ओईरो लाग्ने गरेको छ ।

अहिले क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गतको धनगढी सहिद गेटदेखी क्याम्पस चौकसम्म सडक तथा नाला निर्माणको काम भईरहेको छ । १६ मिटर चौडाई रहेको उक्त सडक निर्माणको पहिलो चरणमा माटो फिलिङ्ग र लेबलिङ्ग गरिँदै छ । तर सडककै बीचभागमा पर्ने बिजुलीका पोलहरु देख्दा यस्तो लाग्छ, ‘ठिङ्ग उभिएका पोलले दिर्घकालिन विकासलाई गिज्याईरहेका छन् ।’

सडकका बीचभागमै बिजुलि र नेपाल टेलिकमा पोलहरु छन् तरपनि माटो फिलिङ्ग र लेबलिङ्गको काम चलिरहेको छ । बीचसडकमै थुप्रै पोलहरु हुँदा दुर्घटनाको जोखम त छ नै विकास मोडालिटीबारे पनि नागरिकको चिन्ता छ ।

‘पोल हटाउनका लागि नेपाल टेलिकम, विद्युत प्राधिकरण र नगरपालिका लगाएतका सम्बन्धित निकायमा लबिङ्ग भईसकेको छ’, क्षेत्रीय शहरी विकास आयोजनाका ईन्जिनियर द्रोण कट्वालले भने, ‘छिट्टै पोल हटाउने काम सूरु हुन्छ ।’ अधिकांश पोलहरु सडकमा निर्माण हुने फुटपात एरियामा पर्नेहुँदा खासै समस्या नहुने उनको भनाई छ । ‘अहिले निर्माणको काम पहिलो चरणमा छ, काम हुँदैगर्दा बिजुलीका मात्रै नभएर खानेपानीका पाईपनि हट्छन्’, उनले थपे, ‘दोस्रो र तेस्रो चरणको काममा पोल हटाएरै काम गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal