भीमदत्त नगरपालिकाले गर्यो पाँच महिनामा पाँच करोड राजस्व संकलन

कञ्चनपुर । भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा पाँच करोड राजस्व संकलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व संकलन गरिएको हो ।

नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व संकलन भएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले वार्षिक ११ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ४५ प्रतिशत बढी आन्तरिक आय संकलन भइसकेको छ ।

त्यस्तै आन्तरिक आय अतिरिक्त मालपोत करबापत नगरपालिकालाई वार्षिक तीन करोड ५० लाख र विभाज्य करअन्तर्गत सात करोड ५० लाख संकलन भएको छ । नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउँदै लगेको छ । चार वर्षअघि नगरपालिकाको आय करिब चार करोड रहेकामा गत वर्षसम्म त्यसमा वृद्धि गरी २१ करोड पुर्याइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal