सशस्त्र प्रहरीद्धारा धनगढी उपमहानगरपालिका १९ का अध्यक्ष चौधरी सम्मानित

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सशस्त्र प्रहरी बल नेपालले धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष तिलुराम चौधरी सम्मानित भएका छन् । २१ औँ स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीले चौधरीलाई सम्मान गरेको हो ।

मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गाप्रसाद भट्टराईले उनलाई दोसल्ला र प्रमाण पत्रसहित सम्मान गरेका थिए । अध्यक्ष चौधरीले जिल्लाको शान्ति सुरक्षा कायम गर्नुका साथै सशस्त्र प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध स्थापित गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । चौधरीले छिमेकी मुलुक भारतसँग खुल्ला सिमाना जोडिएको फुलवारी क्षेत्रमा सशस्त्र प्रहरी बलको बि.ओ.पि लल्लिपुरको स्थापनाका लागि जग्गा उपलब्ध गराएका थिए । त्यस्तै उनले फुलवारीमा हुने अवैध सामान ओसारपोसार नियन्त्रणमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal