कञ्चनपुरको जनसङ्ख्या पाँच लाख १७ हजार ६४५

कञ्चनपुर । पछिल्लो १० वर्षमा कञ्चनपुरको जनसङ्ख्या एक दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ ।

कञ्चनपुरको जनसङ्ख्या २०६८ सालभन्दा २०७८ मा एक दशमलव ३२ प्रतिशतले वृद्धि भएको हो । विसं २०६८ मा चार लाख ५१ हजार २४८ रहेको कञ्चनपुरको जनसङ्ख्या विसं २०७८ मा पाँच लाख १७ हजार ६४५ पुगेको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक तथ्याङ्कले देखाएको छ । तीमध्ये दुई लाख ४३ हजार ५९८ पुरुष र दुई लाख ७४ हजार ४७ महिला रहेका छन् ।

राष्ट्रिय जनगणना—२०७८ को प्रारम्भिक तथ्याङ्कअनुसार कञ्चनपुरमा लैङ्गिक अनुपात ८८ दशमलव ८९ प्रतिशत रहेको छ भने परिवारको औषत आकार ४ दशमलव ६३ प्रतिशत, जनघनत्व ३२२ र अनुपस्थित जनसङ्ख्या ६६ हजार ७८ (३ दशमलव ०५) रहेको छ । सबैभन्दा बढी जनसङ्ख्या भीमदत्त नगरपालिकामा एक लाख २३ हजार ३१६ रहेको छ । तीमध्ये ५९ हजार ४०० पुरुष र ६३ हजार ९१६ महिला रहेका छन् । सबैभन्दा कम जनसङ्ख्या बेलडाँडी गाउँपालिकामा नौ हजार ९३९ पुरुष र १२ हजार १०२ महिला गरी कूल २२ हजार ४१ रहेको छ ।

यसैगरी कृष्णपुर नगरपालिकाको जनसङ्ख्या ७२ हजार ५०१ रहेको छ । तीमध्ये ३४ हजार ३४७ पुरुष र ३८ हजार १५४ महिला रहेका छन् । पुनर्वास नगरपालिकाको जनसङ्ख्या ६१ हजार ६२८ रहेको छ । तीमध्ये २८ हजार २८६ पुरुष र ३३ हजार ३४२ महिला रहेका छन् । बेदकोट नगरपालिकाको २७ हजार ५५ पुरुष र ३१ हजार १९५ महिला गरी कूल ५८ हजार २५० जनसङ्ख्या रहेको छ ।

शुक्लाफाँटा नगरपालिकाको जनसङ्ख्या ५४ हजार ३७९ पुगेको छ । तीमध्ये २४ हजार ९४८ पुरुष र २९ हजार ४३१ महिला रहेका छन् । बेलौरी नगरपालिकाको जनसङ्ख्या ५३ हजार ९१८ रहेको छ । तीमध्ये २५ हजार ५२६ पुरुष र २८ हजार ३९२ महिला रहेका छन् । दोधाराचाँदनी नगरपालिकाको १९ हजार २५४ पुरुष र २४ हजार २३२ महिला गरी कूल ४३ हजार ४८६ जनसङ्ख्या पुगेको छ । लालझाडी गाउँपालिकाको जनसङ्ख्या २५ हजार २७१ पुगेको छ । तीमध्ये १२ हजार २८२ पुरुष र १२ हजार ९८९ महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal