देशभरमै सबैभन्दा ठूलो धनराशीको मुख्यमन्त्री पाचौँ अन्तराष्ट्रिय खप्तड गोल्ड कप सुदूरपश्चिममा हुँदै

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूपश्चिम ब्युरो

धनगढी । देशकै सबैभन्दा ठुलो धनराशी भएको फुटवल प्रतियोगिता धनगढीमा हुने भएको छ । सुदूरपश्चिम ११ स्पोट्स क्लवको आयोजनामा फागुन १९ गतेदेखी धनगढी रगंशालामा फुटबल प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको हो ।

सुदूरपश्चिमलाई फुटवलको प्रदेशका रुपमा चिनाउनका लागी शुरुवात गरिएको सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौँ संस्करण फागुनमा हुन लागेको हो । यस प्रतियोगितामा ५ ए डिभिजन क्लव, मोफसलका २, बिदेशी २ र आयोजक गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ । प्रत्येक दिन करिब ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान लिएको आयोजकले प्रतियोगिताभर ५० लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान लिएको छ । प्रतियोगिताको बिजेताले रु २१ लाख, उप बिजेताले १० लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइगर, मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी र कोचलाई रु २० हजारका दरले पुरस्कार उपलब्ध गराइने आयोजक सुदूरपश्चिम ११ स्पोट्स क्लवले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई १० हजार नगद दिइने छ ।

करिब १ करोड ५० लाख अनुमानित लागत रहेको प्रतियोगितालाई सुदूरपश्चिम सरकारले सहयोग गरेको छ । प्रतियोगितालाई सुदूरपश्चिम सरकारलेनै प्रायोजन गर्ने भएपछि यस बर्ष मुख्यमन्त्री अन्तराष्ट्रिय पाँचौ सुदूरपश्चिम गोल्डकप नामाकरण गरिएको छ । सुदूरपश्चिमलाई फुटवलका माध्यमबाट देश बिदेशमा चिनाउने भएकाले प्रदेश सरकारले सहयोग गरेको जनाएको छ ।

कोरोना भाइरसका कारण रोकिएको फुटवल प्रतियोगिता १ बर्षपछि सारेर आयोजना हुन लागेको हो । कोभिड १९ बाट बच्नका लागी सम्पुर्ण सुरक्षा उपाय अपनाएर सञ्चालन गरिने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal