ट्राफिक व्यवस्थापनमा स्थानियको सक्रियता, बसन्त अटोमोटिभ्सले गर्यो ‘ह्विल लक’ सहयोग

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । कैलालीको धनगढी उप–महानगरपालिका वडा न.३ चटकपुरमा रहेको बसन्त कलासिक अटोमोटिभसले जिल्ला ट्राफिक प्रहरीलाई ५ थान हुईल लक सहयोग गरेको छ । बिहीबार धनगढी बजार क्षेत्रमा प्रविधियुक्त ट्राफिक व्यवस्थापन गरी दुर्घटना न्यूनीकरण गर्नुका साथै सवारी आवागमनमा सहजता होस् भन्ने उद्देश्यले हुईल लक सहयोग गरिएको हो ।

एक समारोहकाबिच बसन्त कलासिक अटोमोटिभसका सञ्चालक भुवन भट्ट र ब्रान्च म्यानेजर गोकुल अवस्थीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंहलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

साथै, प्रविधियुक्त ट्राफिक व्यवस्थापन गर्न हुईल लक सहयोग गरेकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सहयोगी कलासिक अटोमोटिभस परिवारलाई धन्यावाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal