लिटल फ्लावर प्रीमियर लिगको मुख्य प्रायोजकमा धनगढी उपमहानगरपालिका

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । लिटल फ्लावर प्रीमियर लिग ६ लाई धनगढी उपमहानगरपालिकाले मुख्य प्रायोजकको रुपमा सहयोग गर्ने भएको छ । लिटल फ्लावर स्पोर्टस एन्ड ईभेन्ट प्रा.ली. धनगढीको आयोजनामा संचालन हुने उक्त क्रिकेट प्रतियोगितालाई उपमहानगरपालिकाले सहयोग गरेसँगै प्रतियोगिताको नाम धनगढी मेयर लिटल फ्लावर प्रीपियर लिग ६ रहेको भएको छ ।

शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्ट्स प्रा.ली. का अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगितको मुख्य प्रायोजकको रुपमा धनगढी उपमहानगरपालिका रहने भएको जानकारी दिएका हुन् । २०७८ फागुन २ गतेदेखी संचालन हुने प्रतियोगिता १४ गतेसम्म चल्नेछ । प्रतियोगितका विजेताले १ लाख ५० हजार तथा उपबिजेताले ७५ हजार नगद तथा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सर्बोत्कृट खेलाडीले नगर रु. २० हजार, उत्कृष्ट बलर, ब्याट्समेन तथा उदयमान खेलाडीले १०/१० हजार नगर पुरस्कार प्राप्त गर्ने शाहीले बताए । उनले भने, ‘प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार, गेम चेन्जरलाई नगद १ हजार र म्याक्सिमम सिक्सरलाई ५ सय सँगै ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।’

प्रतियोगितामा काठमान्डौँबाट १ विधालय, कञ्चनपुरबाट १ तथा कैलालीबाट ८ गरी कुल १० विद्यालयको सहभागीता रहनेछ । कोरोना माहामारीका कारण प्रतियोगिता सञ्चालनमा केही ढीलाई भएको भएतापनि सुरक्षाका सम्पुर्ण मापदण्ड पालना गर्दै फागुन २ गतेबाट प्रतियागिता सञ्चालन गरिने अध्यक्ष शाहले जानकारी दिएका छन् । त्यस्तै एलपिएललाई २० औँ संस्करणसम्म पुर्याउने लक्ष्य रहेको बताउँदै शाहीले सरकारी निकाय तथा स्थानिय तहले पनि अभिभावकत्व ग्रहण गर्नुपर्ने अपेक्षा व्यक्त गरेका छन् ।

वि.सं. २०७३ सालदेखी प्रत्येक वर्ष सञ्चालन हुँदै आईरहेको प्रतियोगितालाई निरन्तरता दिएकोमा धन्यवाद दिँदै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले यो प्रतियोगिता प्रतिस्पर्धामात्रै नभएर आफुहरुको जिम्मेवारी समेत रहेको बताए । उनले भने, ‘खेलकुद क्षेत्रमा धनगढी उपमहानगरपालिकाको सहयोग सदैव रहने छ ।’

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal