सडकमा नियम मिच्ने सवारी चालकलाई ट्राफिक प्रहरीले भन्यो- ‘समयमै आफ्नो कागजात लिनुहोला, नत्र…!’

धनगढी । नियम उल्लंघन गरी कारवाहीमा परेका सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले कागजात लिनका लागि अनुरोध गरेको छ । आईतबार एक सुचना जारी गर्दै कार्यालयले समयमै सम्बन्धित कार्यालयमा सम्पर्क गरी कागजात लिनका लागि अनुरोध गरेको हो ।

विभिन्न मितिमा भएका सवारी चेकजाँचका क्रममा ट्राफिक नियम उल्ङघन गर्ने सवारीधनी तथा चालकहरुका कागजपत्रहरु कारवाहीका लागि कार्यालयमा ल्याईकोमा लामो समयसम्म पनि सवारीधनी तथा चालकहरु उक्त काजगपत्र लिन नआएकाले सवारी धनि तथा चालकहरुले (सात) ७ दिन भित्र यस कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध गरिएको कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

त्यस्तै कार्यालयले सोही सुचनामार्फत तोकिएको समयावधिमा पनि कागजपत्र लिन नआएमा थप कारवाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाईने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal