सुजङ अस्पतालले पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने व्यवास्था

दिपायल । सुजङ अस्पताल दिपायल राजपुरले जिल्लामा कार्यरत पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासङ्घ डोटी शाखाको समन्वयमा अस्पतालले पत्रकार तथा उनीहरूका परिवारलाई सहुलियत दिने निर्णय गरेको हो । ल्याबका सबै प्रकारका जाँच, एक्सरे, भिडियो एक्सरेलगायतका सेवा निःशुल्क, विषेशज्ञ सेवामा बाहेक अन्य सेवामा सहुलियत प्रदान गरिने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए ।

अस्पतालका प्रशासन प्रमुख बलायर र पत्रकार महासङ्घका अध्यक्ष मोहन शाहीले स्वास्थ्य सेवामा छुट गर्ने गरी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको शाखा सचिव केशवचन्द्र महराले जानकारी दिए । उनका अनुसार सम्झौताअनुसार स्वास्थ्य सेवा लिने व्यक्ति महासङ्घको साधारण सदस्य हुनुपर्ने उल्लेख छ । स्वास्थ्य सेवा लिन जाँदा महासङ्घको सदस्यताको परिचयपत्र र महासङ्घको सिफारिस पेश गर्नुपर्ने प्रावधान छ ।

जिल्लामा पत्रकारले निर्वाह गरेको सामाजिक उत्तरदायित्व, मर्यादा, स्वास्थ्य क्षेत्रमा पु¥याउँदै आएको योगदान र भूमिकाको मूल्याङ्कन गर्दै स्वास्थ्योपचारमा सहजता पुगोस् भन्ने उद्देश्यले उपचारमा सहुलियत दिने निर्णय गरेको अस्पतालका प्रशासन प्रमुख बलायरले बताए । मोफसलमा पत्रकारिता गरिरहेका पत्रकारको अर्थावस्था अहिले पनि कमजोर रहेकामा अस्पतालले पत्रकार तथा उनीहरूका परवारका लागि उपचारमा सहुलियत दिन गरिएको निर्णय सराहनीय भएको महासङ्घका अध्यक्ष शाहीले बताए ।

महासङ्घले जिल्लामा रहेका अन्य अस्पतालसँग पनि पत्रकार तथा उनीहरूका परिवारको उपचारका लागि सहुलियत दिलाउन पहल गर्ने अध्यक्ष शाहीले जानकारी दिए । सुजङ अस्पताल ५० शय्याको सामुदायिक अस्पताल हो । अस्पतालले अर्थावस्था कमजोर भएका नागरिकलाई पनि उपचारमा सहुलियत दिँदै आएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal