पाँच फिट भन्दा बढि हिउँ परेर अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अझै सञ्चालन भएन

रुकुम । हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा नआउँदा यात्रु समस्यामा परेका छन् । यही माघको १८ गतेदेखि सो सडकमा यातायातका साधन गुड्न सकेका छैनन् । सडकमा पाँच फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले जानकारी दिए । जमेको हिउँ तत्काल हटाउने सम्भावना नरहेको जनाइएको छ । हिउँ खेल्न अहिले आन्तरिक पर्यटक रुपगाँसम्म जाने गरेका छन् ।

लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पाबाट बागलुङ हुँदै पोखरा, काठमाडौँ जाने यात्रु समस्यामा परेका छन् भने जिल्ला भित्रिने पनि समस्यामा परेका छन् । कतिपयले यात्रुले सल्यान, दाङ, वुटवल हुँदै लामो दूरीको यात्रा गर्नुपरेको बताएका छन् । वर्षेनि यसै समयमा हिमपातको कारण सो लोकमार्गको लकुम–पातीहाल्ना खण्ड अवरुद्ध हुने गर्दछ ।

यस्तै हिमपातको कारण सहिदमार्ग पनि अवरुद्ध छ । सो मार्गको रिका खण्डमा बाक्लो हिउँ जम्दा पुथाउत्तरगङ्गा गाउँपालिकाका नागरिकलाई सदरमुकाम रुकुमकोट आवत जावत गर्न समस्या भएको छ । सो सडकमा जमेको हिउँ पन्छयाउन पनि केही समय प्रहरीले जनाएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal