एमसीसीविरुद्ध ७ गठबन्धनले गर्यो धनगढीमा प्रदर्शन

अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
धनगढी । कैलालीमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गरिएको छ । बुधवार ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले धनगढीमा एमसीसीको विरोधमा धनगढीमा प्रदर्शन गरेका हुन् ।
एमसीसी सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल) नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जन गणतान्त्रिक मोर्चा नेपालले दिउँसो २ बज देखि प्रदर्शन गरेको नेकपा विप्लव नेतृत्वका कैलाली सचिव दीपेन्द्र चलाउनेले जानकारी दिए ।
धनगढीको ट्राफिक चोक बाट सुरु भएको प्रदर्शन पार्क मोड स्थित कोण सभामा परिणत भएको थियो । उनीहरूले, एमसीसी खारेज गर, राष्ट्रघाती दलालहरू होसियार, साम्राज्यवाद मुर्दावाद लगायतका नारा सहित विरोध जनाएका थिए । कोणसभामा सबै पार्टीका प्रतिनीधीहरुले सम्बोधन गरेका थिए । उनीहरूले एमसीसी विरुद्ध विरोध प्रदर्शन गर्ने आफ्नो पार्टीको केन्द्रीय निर्णय अनुसार कैलालीमा पनि प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal