सुदूरपश्चिमका पत्रकारलाई खुसीको खबर, नेशनल प्याथल्यावले अव स्वास्थ्य परिक्षणमा ३० प्रतिशत छुट दिने…

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । नेपाल पत्रकार पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश र धनगढीको नेशनल प्याथल्याव बिच पत्रकारलाई स्वास्थ्य परिक्षणमा छुट दिने सम्झौता भएको छ । मंगलबार पत्रकार महासंघ सूरपश्चिम प्रदेश सचिव हरि जोशी र ल्याबका प्रवन्धक हरी सिंह धामीबिच पत्रकार र पत्रकारका परिवारलाई स्वास्थ्य परिक्षणमा छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार पत्रकार, सञ्चार गृहमा कार्यरत कर्मचारी र पत्रकारका परिवारलाई ल्याबले प्रदान गर्ने सेवा, स्वास्थ्य परीक्षण तथा सुविधामा ३० प्रतिशत छुट दिइने भएको छ। उक्त छुट पाउन पत्रकार महासंघको सिफारिस र परिचय पत्र अनिवार्य लग्नुपर्ने बताइएको छ । नियमित स्वास्थ्य परीक्षण गराउँदा विभिन्न रोगबाट बच्न सकिने हुँदा पत्रकार र उनका परिवारको हितका लागि यो सम्झौता गरिएको सचिव जोशीले बताए ।

पत्रकारका दैनिक क्रियाकलापल, खानपिन, रहनसहन, शारीरिक तथा मानसिक स्थितीले स्वास्थ्यमा धेरै प्रभाव पर्ने गर्दछ । कसैलाई भित्रभित्रै पत्थरको समस्या, फोक्सो र कलेजोको समस्या हुने तर लक्षण ढिलो देखिने प्याथ ल्यावका प्रबन्धक धामीले बताए । त्यस कारण नियमित स्वास्थ्य परीक्षण गराउँदा समयमै विभिन्न रोगहरु पत्ता लगाउन सकिने भएकाले यो सम्झौता गरिएको उनले बताए ।

यो सम्झौतापछि पत्रकार र पत्रकारका परिवार लगायतका सदस्य गरी प्रत्यक्षरुपमा करिब २० हजार बढी यो सहुलियतबाट लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal