‘तरलता संकटको मुख्य कारण पाँच दलिय गठबन्धन हो’- महेश बस्नेत

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । नेकपा एमालेका युवा नेता महेश बस्नेतले देशमा देखिएको तरलता संकटको मुख्य कारण पाँच दलिय गठबन्धन भएको बताएका छन् । मंगलबार बिहान प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपाको फुटपछि जनताको आदेशबिना न्यायलयभित्रको सेटिङ्गका आधारमा बनेको पाँच दलिय गठबन्धनले आफुलाई सैदान्तिक, वैचारिक र नैतिक रुपमा पुष्ठी गर्न नसकेको बस्नेतले आरोप लगाए । उनले भने, ‘गठबन्धनको ७ महिनामा पार्टी र पार्टीका नेतृत्व गठबन्धन भन्दापनि ठगबन्धनमा परिणत भएका छन् ।’

‘सस्तो लोकप्रियता र स्वार्थका लागि बर्तमान सरकारले नेकपा एमालेले ल्याएको बजेटलाई परिमार्जन गर्यो’, उनले भने, ‘बजेट होलिडेबाट देश अहिले विकास होलिडे मनाईरहेको छ ।’ बढ्दो व्यापार घाटा, टाँट पल्टिने अवस्थामा पुगेको अर्थतन्त्र, तरलता संकट र ब्याजदर वृद्धीजस्ता समस्याको बिउ बर्तमान सरकारले नै रोपेको बस्नेतको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal