कैलालीमा फेरी भेटियो हत्या गरि फालिएको अवस्थामा युवकको शव

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । कैलालीमा एक युवकको शव फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगर र जाई जोड्ने सडक नजिक अन्दाजी ३५ वर्षीय युवकको हत्या गरेर फालिएको अवस्थामा फेला परेको हो ।

शवको गालापट्टीको भाग र कंचटमा चोट लागेको देखिएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीले बताए । उनले भने, ‘शव नजिकै रगत लागेको काठको टुक्रा पनि भेटिएको छ ।’

घटनास्थलको अवस्था हेर्दा अन्यत्र हत्या गरेर त्यहाँ शव फालेको हुन सक्ने जोशीले बताएका छन् । घटनाबारे तालिमप्राप्त कुकुरको प्रयोग गरिएको भएतापनि थप प्रमाण हात नलागेको उनले बताए । उनले भने, ‘हाम्रो अनुसन्धान जारी छ, छिट्टै हत्यारासम्म पुग्छौँ ।’

सोमबार बिहान पौने दश बजेतिर युवकको शव देखेपछि प्रहरीलाई एक युवतिले खबर गरेकी थिईन । शव फेला परेको युवकको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । शवको प्रकृति हेर्दा बिहान युवकको हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कैलालीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal