प्रथम मेयर कप आमन्त्रित कराते प्रतियोगिताबाट कैलाली भित्रियो गोल्ड मेडल र कास्य पदक

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । प्रथम मेयर कप आमन्त्रित कराते प्रतियोगितामा कैलालीले दुई स्थानमा आफ्नो बर्चस्व राख्न सफल भएको छ । प्रदेश नम्बर १ झापा जिल्लामा नगर खेलकुद विकास समिती र नगर कराते खेल विकास समितीको सयुंक्त आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा कैलालीबाट प्रतिनिधित्व गर्ने दुईजनाले पदक हासिल गरेका हुन् ।

जिल्ला खेलकुद विकास समिती कैलालीको प्रतिनिधित्व गर्दै कराते प्रतियोगितामा सहभागि भएका राष्ट्रिय खेलाडी बर्षा साउँदले काता विधामा प्रथम भई गोल्ड मेडल प्राप्त गरेको खेलकुद विकास समिती कैलालीका अध्यक्ष ललित खत्रीले जानकारी दिए । महिलातर्फ साउँद गोल्ड मेडल बिजेता भएको बताउँदै खत्रीले पुरुषतर्फ प्रदिप मगरले कास्य पदक हासिल गरेको बताए । ‘यो कैलाली जिल्लामात्रै नभएर समग्र सुदूरपश्चिम प्रदेशकै लागि गौरबको विषय हो’, उनले भने, ‘आगामी दिनमा अझै उत्कृष्ट प्रस्तुति दिने प्रयासमा तत्पर छौँ ।’

देशभर कराते प्रतियोगिताको चासो बढीरहेका बेला कैलाली जिल्लाको यो उपलब्धि स्वागतयोग्य रहेको खत्रीको भनाई छ । खत्री आफै कराते खेलका खेलाडी तथा प्रशिक्षकको भुमिका समेत निर्वाह गर्दैै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal