सुदूरपश्चिममा पहिलो पटक युवा महोत्सव हुँदै, यस्तो छ उद्धेश्य…

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक युवा महोत्सव आयोजना हुने भएको छ । धनगढीमा संचालित नमुना युवा संसद अभ्यास कार्यक्रममा पत्रकारसँग अन्तरक्रिया गर्दै सुदूरपश्चिम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले छिट्टै प्रदेश स्तरिय युवा महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।

प्रदेशमा युवाहरुको सक्रियता र युवा सशक्तिकरणका लागि महोत्सवको आयोजना गर्न लागेको उपाध्यक्ष कुँवरले जानकारी दिएका छन् । ‘प्रदेश स्तरिय युवा महोत्सवले प्रदेशको कलासंस्कृति प्रबद्धन र सामाजिक कुरीति अन्त्यमा जोड दिन्छ’, उनले भने, ‘यो सँगै युवा रोजगारीका विषयमालाई पनि पहिलो प्राथामिकतामा राखेका छौँ ।’

प्रदेश युवा परिषद्को वार्षिक बजेट अन्तर्गत तय गरिएको उक्त महोत्सवका लागि झण्डै २८ लाखको बजेट छुट्याईएको कुँवरले बताए । महोत्सवमा प्रदेशभरीका ३५० जना युवा सहभागी हुने बताउँदै उनले बाहिर राखिने स्वरोजगार स्टलहरुमा सबैले अवलोकन गर्न सकिने बताएका छन् । सबै कुराको व्यवस्थापन हुन सके चैत्र मसान्तभित्रमा महोत्सव आयोजना गरिने उनलको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal