झापाबाट करातेमा धनगढीको सानदार प्रस्तुति, ३ गोल्ड र ४ ब्रोन्ज मेडलसहित दोस्रो स्थानमा टिम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । प्रथम मेयर कप आमन्त्रित कराते प्रतियोगितामा धनगढी उपमहानगरपालिकाको टिमले दोस्रो स्थान हात पार्न सफल भएको छ । प्रदेश नम्बर १ झापा जिल्लामा नगर खेलकुद विकास समिती र नगर कराते खेल विकास समितीको सयुंक्त आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा कैलालीबाट प्रतिनिधित्व गरेको धनगढी उपमहानगरपालिकाको टिमले सम्पुर्ण प्र्रतियोगितामै दोस्रो स्थान हात पार्न सफल भएको हो ।

प्रतियोगितामा सहभागी भएकी बर्षा साउँदले काता विधामा प्रथम स्थान हात पारी गोल्ड मेडलिस्ट बनेकी छिन् । काता विधामै धनगढीका प्रदिप मगरले तेस्रो स्थान तय गर्दै ब्रोन्ज मेडल प्राप्त गरेको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष ललित खत्रीले जानकारी दिए । त्यस्तै ५० किलो कुमेतीमा प्रथम भई पुरुषतर्फ अपिल शाहले गोल्ड मेडल प्राप्त गरेर बेस्ट फाईटर भएका छन् भने प्रदिप मगर ६० किलो कुमेतीमा प्रथम भएका छन् । यता वर्षा साउँदले ४५ किलो कुमेतीमा महिलातर्फ तेस्रो स्थान हात पार्न सफल भएकी छिन् भने ५० किलो कुमेतीमा रंन्जिता रावल तेस्रो भएकी छिन् । प्रतियोगितामा सहभागीमध्ये अर्की सहभागी अञ्जली कुमारी चौधरी भने ६० किलो कुमेतीमा महिलातर्फ तेस्रो भएकी हुन् ।

सम्पुर्ण खेलको नतिजा र प्राप्त गरेको पदकका आधारमा सम्पुर्ण खेलमै धनगढी उपमहानगरपालिकाको टिमले दोस्रो स्थान हात पार्न सफल भएको अध्यक्ष खत्रीले बताएका छन् । आईतबार खेलको समापन भएसँगै प्रथम मेयर कप आमन्त्रित कराते प्रतियोगितामा सहभागी हुन झापाल पुगेको धनगढी उपमहानगरपालिकाको टोली सोमबार फर्किदै छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal