धनगढीमा एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर २०२२ आयोजना हुँदै

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर २०२२ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजल आगामी चैत्र ७ (२१ मार्च) गते धनगढीको रुवस होटेलमा एजुकेशन फेयर २०२२ को आयोजना गर्ने भएको हो ।

एजुकेशन फेयरमा अस्ट्रेलिया, युके, क्यानडा र यूएसमा बसोबास प्रर्णालीको बारेमा जानकारी दिइने आयोजकले जनाएको छ । एक्सपर्ट ग्राण्ड एजुकेशन फेयरमा अस्ट्रेलिया, युके क्यानडा र यूएसका विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहने जनाएको छ । यस्तै सोही कार्यक्रममा योग्य विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिने जनाएको छ ।

एजुकेशन फेयर कार्यक्रम बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म हुनेछ भने कार्यक्रममा प्रवेश शुल्क निःशुल्क गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीका मार्केटिङ म्यानेजर हरि चौधरीले बताए । अस्ट्रेलियामा मुख्य कार्यालय रहेको यस एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको विश्वका विभिन्न देशमा शाखा र अन्य थुप्रै सम्पर्क कार्यालय रहेका छन् । यसले अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई परामर्श दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal