धनगढीमा सुरु भयो ३ दिने ‘एडभान्स हेयर एण्ड स्किन साईन्स’ प्रशिक्षण

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा ३ दिने एडभान्स हेयर एण्ड स्किन सम्बन्धि प्रशिक्षण सुरु भएको छ । सुदूरपश्चिम ब्युटिसियन एसोसिएसनको आयोजनामा न्युलुक ब्युटी फर लाइफको सहजीकरणमा सुदूरपश्चिमका ब्युटीसियनलाई आज देखि ३ दिन एडभान्स हेयर एण्ड स्किन साइन्स सम्बन्धि प्रशिक्षण सुरु भएको हो ।

ब्युटीसियनलाई हेयर र स्किन सम्बन्धि ज्ञान अभिवृद्धि गर्ने उदेश्यले सुदूरपश्चिमका ब्युटीसियनलाई धनगढीमा अनुभवी ब्युटीसियनबाट ३ दिन प्रशिक्षण गराउन लागेको सुदूरपश्चिम अध्यक्ष मिना बोहराले बताईन । ब्युटीसियनलेहरुले स्किन र हेयरको समस्या भएका सेवाग्राहिलाई सहजै समाधान गर्ने उपाय बारे थाहा पाउने जरुरी भएकोले उनीहरुले प्रशिक्षणबाट स्किन र हेयरको समस्या र समाधान बारे ज्ञान अभिवृद्धि गर्ने बिश्वास ब्यक्त गरिन् ।

प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम ब्युटिसियन एसोसिएसनकी अध्यक्ष मिना बोगटीको अध्यक्षतामा सुरु भएको थियो । प्रमुख अतिथीमा धनगढी उपमहानगरपालिकाकी उप–प्रमुख सुशीला मिश्र भट्ट रहेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य सुदूरपश्चिम ब्युटिसियन एसोसिएसनकी कोषाध्यक्ष लक्ष्मी जोशीले राखेकी थिइन् । भने ३ दिने एडभान्स हेयर एण्ड स्किन साइन्स सम्बन्धि प्रशिक्षण सिर्जना थापाले दिई रहेकि छन् ।

कार्यक्रममा सुदूरपश्चिम ब्युटिसियन एसोसिएसनका पदाधिकारीसहित कैलाली, कंचनपुर र डोटीका ब्युटिसियन सहभागी भएका छन् । कार्यक्रम संचालन गिता अर्यालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal