सरकारी कर्मचारीको हरिबिजोग तालः काम गर्दैनन्, उपरखुट्टी लाएर सुत्छन् !

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । निर्माणका लागि सम्झौता भएको लामो समय बितिसक्दापनि मोहनापुल अत्तरिया ६ लेन सडकको काम अझै सम्पन्न भएको छैन । ढिलासुस्ति र म्याद थपको अन्यौलतामा अलमलिएको मोहनापुल अत्तरिया सडकका कर्मचारी भने दिनभर कार्यालयमा सुत्ने गरेको भेटिएको छ ।

६ लेन सडकको प्रगतिविवरण र आवश्यक रिपोटिङ्गका लागि अर्थ सरोकारको टिम धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको मोहना अत्तरिया सडकको कार्यालयमा पुग्यो । त्यहाँ पुग्दा कार्यालयका योजना प्रमुख युवराज पोखरेल कार्यालयमा थिएनन् । प्रमुखलाई नै नभेटेपछि उक्त विषयमा हामीले कार्यालयका अन्य कर्मचारीसँग बुझ्ने प्रयास गर्याैँ । उक्त क्रममा हाम्रो नजर कार्यालयमै मस्त सुतिरहेका एक कर्मचारीमाथी पुग्यो । बुझ्दा थाहा भयो उनि सो कार्यालयका नायब सुब्बा नरेन्द्रराज जोशी रहेछन् ।

जोशी नायब सुब्बाको प्लेट राखेको टेबलमा खुट्टा राखेर मस्त निदाएका थिए । उक्त दृश्यले मोहना अत्तरिया ६ लेन सडकको कार्यालय कर्मचारीका लागी दिन कटाउने थलोको रुपमा स्थापित भएको रहेछ भन्ने स्पष्ट पारेको छ । एकातर्फ समयमा काम नहुँदा म्याद थपिरहने मोहनापुल अत्तरिया सडक आयोजनाका कर्मचारी आफ्नो कर्तव्य र काम नै बिर्सेर कार्यालयमै निदाउन थालेकोप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal