यसरी मनाईयो रानाथारु संस्कृतिको होरी पर्व… (फोटो-कथा)

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । कैलालीमा रानाथारु संस्कृतिको होरी पर्व विभिन्न कार्यक्रम गरी मनाईएको छ । सोहि अनुसार आईतबार धनगढीमा पनि विभिन्न सांस्कृतिक प्रस्तुतिसहितको कार्यक्रम आयोजना गरी होरी मिलन कार्यक्रम मनाईएको हो ।

रानाथारु समुदायको प्रतिनिधित्व गर्दै कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित संघिय सांसद, पुर्वमन्त्री तथा नेकपा एमालेका पोटिलब्युरो सदस्य नारदमुनि रानाको प्रमुख आथित्यतामा कार्यक्रम मनाईएको हो । पहिलोपटक यसरी होरी मिलन कार्यक्रम मनाएको बताउँदै सांसद रानाले रानाथारु समुदायको संस्कृतिले देशभरमै छुट्टै पहिचान बनाउने बताएका छन् । ‘हामी, हाम्रो संस्कृतिको संरक्षण र प्रवद्धनका लागि सदैव तत्पर छौँ’, उनले भने, ‘पहिचानको लडाई हिजोपनि लडेका थियौँ, आजपनि लड्छौँ र भोलिपनि लडिरहनेछौँ ।’

कार्यक्रममा रानाथारु संस्कृतिसँग सम्बन्धित विभिन्न नृत्य, गित तथा अन्य प्रस्तुतिहरुको प्रदर्शन गरिएको थियो । रानाथारु संस्कृतिको पोसाकमा सजिएका महिलाहरुले होरी पर्वको गित गाउँदै र नाच्दै पर्व उत्सवका साथमा मनाएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस…

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal