युनियन लाईफ इन्स्योरेन्सको ‘युनिक प्लान’, प्रतिहजारमा ४० बोनससहित तीन-तीन वर्षमा क्यास ब्याक

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बीमा योजना बजारमा ल्याएको छ । बीमा क्षेत्रमा नेपालमै नयाँ र फरक खालको पहिलो बीमा योजना युनियन लाइफ इन्स्योरेन्सले लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णले जानकारी दिएका छन ।

बजारमा आएको जीवन उत्थान बिमा योजनामा बिमितले फरक र लाभदायक सेवा तथा सुविधा पाउने कम्पनीले दाबी गरेको छ । कम्पनिले सार्वजनिक गरेको उक्त योजनामा बिमा प्रारम्भ भएको मितिको तीन बर्षमै बिमाङ्क रकमको १५ प्रतिशतको दरले प्रत्येक तीन, तीन वर्षमा मोनि व्याक हुनेछ । यस्तो सुबिधा भएको बिमा योजना नेपालमै पहिलो पटक सुरुवात भएको कम्पनिले जनाएको छ ।

उक्त योजनामा प्रतिहजार न्यूनतम ४० रुपैयाँ बोनस दर रहेको कम्पनिका कार्यकारी अधिकृत कर्णले बताए । ‘बिमितले दुर्घटना मृत्यु लाभ, पुर्ण अशक्तता लाभ, र घातक रोग उपचार लाभ समेत पाउनेछन्’, उनले भने, ‘यो योजना १६ देखि ५० वर्षको उमेर समूहकोले खरिद गर्न सक्नेछन् ।’ कम्पनीका अनुसार ९, १२, १५ र १८ वर्षे अबधि राखी वार्षिक र अर्धवार्षिक रुपमा बिमितले बिमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

बिमितले न्युनतम पचास हजार देखि आयस्रोतको आधारमा उक्त बिमा पोलिसी लिन सक्ने समेत स्रोतले जनाएको छ । जीवन बिमा जगतकै एक नौलो र समय सापेक्षिक बिमा योजना आएको हुँदा सम्पुर्ण देशवाशीलाई यसको लाभ लिन युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal