सुदूरपश्चिम महोत्सव २०७८ को प्रदेश सरकारलाई एक शुत्रिय माग- ‘प्रदर्शन स्थलको व्यवस्था गरिदिनुस्’

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । विगत लामो समयदेखी कोरोना माहामारीका कारण ठप्प रहेको सुदूरपश्चिम महोत्सवको माहोल चलायमान बनेको छ । चैत्र १० गतेबाट सञ्चालन हुने सुदूरपश्चिम महोत्सवको लागत खर्च झण्डै २ करोड रहनेछ ।

बुधबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योग वाणिज्य संघ कैलालीले महोत्सवको तयारी अन्तिम चरणमा रहेको र चैत्र १० गतेबाट २० गतेसम्म महोत्सव सञ्चालन हुने जनाएको छ । प्रदेशको आर्थिक समृद्धिको मुख्य जगको रुपमा स्थापित रहेको सुदूरपश्चिम महोत्सव २०७८ मा २५० स्टलहरु राखिएको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए । ‘महोत्सवमा कृषि प्रदर्शनि, व्यवसायिक स्टल, मनोरञ्जनका लागि विभिन्न खेल क्षेत्र, राष्ट्रिय तथा स्थानिय कला संस्कृति प्रदर्शनि तथा विभिन्न संस्कृतिसँग सम्बद्ध खानाका परिकार रहनेछन्’, उनले भने, ‘यसबाट प्रदेशको पर्यटन प्रवद्धन तथा कला संस्कृतिको जगेर्ना गर्नमा टेवा पुग्नेछ ।’

कोरोनाले ठप्प पारेको सुदूरपश्चिम महोत्सवको १५ औँ संस्करणले प्रदेश सरकारसँग एक शुत्रिय माग राखेको अध्यक्ष कुँवरले बताए । ‘सबै कुरामा हामी सक्षम र तयार छौँ तर प्रदर्शनि स्थलको अभाव सँधै खट्किरहन्छ’, उनले भने, ‘यसवर्ष भने हाम्रो एउटै मात्र प्रदर्शनि स्थलको व्यवस्थापन रहनेछ ।’

महोत्सवमा कृषि उत्पादन, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलोक्ट्रोनिक, होटल, सूचना प्रविधिलगायत व्यापारिक, रमाइलो मेला तथा बाल उद्यानसहितका स्टलहरु रहने कैलाली उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal