वित्तिय साक्षरता कार्यक्रममा माछापुच्छे बैंकको ‘प्रभात-फेरी’

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । माछापुच्छे बैंकले धनगढीमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । Build your future, be smart about money भन्ने मुल नारा रहेको १० औं ग्लोबल मनी वि.सं. २०२२ अन्तर्गत धनगढीमा वित्तिय साक्षरता र्याली निकालिएको हो ।

धनगढीको चौराह चोकदेखि क्याम्पसरोडसम्म वित्तिय साक्षरता दिनका लागि र्याली निकालिएको माछापुच्छे बैंकका प्रदेश प्रमुख ईश्वरवहादुर रावलले जानकारी दिए । र्यालीमा बैंकका धनगढी र धनगढी आसपासका शाखा प्रबन्धक तथा कर्मचारीहरुको सहभागीता रहेको थियो । र्यालीमा वित्तिय साक्षरता सम्बन्धी सन्देश दिने प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

किशोरकिशोरी तथा युवायुवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु साथै सुरक्षित बैकिङ्घ कारोकार गर्नु कार्यक्रमको उद्देश्य रहेको थियो । माछापुच्छे बैंक लिमिटेडले समय–समयमा बित्तिय सचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।

Global Money Week (GMW) हरेक मुलुकका किशोर किशोरी तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने एक साप्ताहिक अभियान हो । यो सप्ताह Organization for Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष धेरै मुलुकमा मनाउँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal