४ पटक म्याद थपिँदापनि ‘मोहना-अत्तरिया ६ लेन’ सडकले स्वरुप पाएन…

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । निर्माण कार्य सूरु भएको लामो समय बित्दापनि मोहनापुल अत्तरिया ६ लेन सडकले स्वरुप पाउन सकेन । ठेक्का सम्झौता गरी निर्माण सूरु भएको उक्त सडक खण्डको काम चार पटक म्याद थप गर्दापनि पुरा भएको छैन ।

विकासको प्रमुख प्राथामिकतामा रहेको उक्त ६ लेन सडक निर्माणको कामलाई ३ खण्ड (भन्सार बोराडाँडी, बोराडाँडी गेटा र गेटा अत्तरिया) मा विभाजन गरी काम सूरु गरिएको थियो । पहिलो खण्डको निर्माणका लागि २०७४ साल जेठ १० गते काम सम्पन्न गर्नेगरी शर्मा अमर नागार्जुन जेबीसँग सम्झौता भएको थियो । दोस्रो खण्डको लुम्बिनि राजेन्द्र डाँफे र तेस्रो खण्डमा लामा राजेन्द्र डाँफे कन्ट्रक्सन प्रा.ली ले जिम्मा पाएको थियो ।

चार पटक म्याद थप हुँदा निर्माणको कुल ९५ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयका ईन्जिनियर लक्ष्मण बहादुर रावलले बताएका छन् । ‘ठूला योजना बाहेक सडक सज्जावटका काम भने बाँकी नै छ’, रावलले भने, ‘रेलिङ्ग, थर्म प्लाष्टिक पेन्ट, सर्भिस रोडमा ग्रबेलिङ्ग गर्ने, ट्राफिक साईन, किलोमिटर पोष्ट र जेब्रा क्रसिङ्गका थप काम गर्ने तयारीमा छौँ ।’ त्यस्तै सुरीखोलामा मोटरेबल पुलको २९ प्रतिशत काम सम्पन्न भएको बताउँदै रावलले मनेहरा पुलको काम केही दिनमा सूरु हुने र मोहना नदि पुल निर्माणका लागि कन्ट्रयाक्ट भई ठेक्का प्रक्रिया सूरु भएको बताएका छन् ।

चार-चार पटकसम्मपनि म्याद थप हुँदा ६ लेन सडकले स्वरुप पाउन नसकेकोप्रति नागरिक स्तरमा चिन्ता थपिएको छ । सडकको मोडालिटी अनुसार समयमै काम सम्पन्न नहुँदा एकातर्फ दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतर्फ विकास नीतिलाई समेत गिज्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal