श्रेय पाउने होडबाजीमा अधुरै भवन उद्धघाटन

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा अधुरो वडा कार्यालयको भवन उद्धघाटन गरिएको छ । स्थानिय निर्वाचन नजिकिएसँगै श्रेय लिने होडबाजीमा शुक्रबार निर्माणाधिन अवस्थामा रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को नयाँ भवन र स्वास्थ्य कार्यालयको भवन उद्धघाटन गरिएको हो ।

निर्माणाधिन वडा कार्यालयको ८० प्रतिशत काम सम्पन्न भएको वडा अध्यक्ष रामबजारी चौधरीले बताएका छन् । ‘झ्याल ढोकामा ग्रिल लगाउने र सेफ्टि ट्याङ्कि राख्न बाँकी नै छ’, उनले भने, ‘सो काम सकिने बित्तिकै सम्भवत् सोमबार सम्ममा नयाँ भवनबाट सेवा दिन्छौँ ।’

प्राविधिक समस्याका कारण भवन निर्माणमा ढिलासुस्ति भएको बताउँदै अध्यक्ष चौधरीले निर्माणको २० प्रतिशत काम बाँकी रहेको बताए । ‘स्थानिय निर्वाचन नजिक छ, आचारसंहिता लागु भएपछि उद्धघाटन गर्न पाउदैनौँ’, उनले थपे, ‘आफ्नो कार्यकालमा बनेको भवन अरुलाई उद्धघाटन गर्न किन दिने ? त्यसैले आफै उद्धघाटन गरेका हौँ ।’

नगरपालिकाको समपुरक कोषबाट निर्माण भएको वडा कार्यालयको भवन धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले उद्धघाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal