धनगढीमा ‘जेसिस एभरेष्ट हाफ म्याराथन’ प्रतियोगिता हुँदै…

धनगढी । नयाँ वर्षको अवसरमा धनगढीमा ‘मुख्यमन्त्री जेसिज एभरेष्ट धनगढी हाफ म्याराथन २०२२’ दौड प्रतियोगिता हुनेभएको छ । प्रत्येक वर्ष आयोजना गर्दै आएको धनगढी जेसिजले नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ यही चैत २६ गते उक्त हाफ म्याराथन प्रतियोगिताको आठौँ संस्करण गर्न लागेको धनगढी जेसिसका अध्यक्ष भुवन पाण्डेले जानकारी दिएका छन् ।

अध्यक्ष पाण्डेले सुदूरपश्चिम प्रदेशलाई खेलकुदका माध्यमबाट चिनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताए । धनगढी रङ्गशालाबाट सुरु हुने दौड प्रतियोगिताको खुलातर्फ २१ दशमलव एक किलोमिटर, कर्पोरेट र सञ्चारतर्फ पाँच किलोमिटर, महिला पाँच किलोमिटर र विद्यार्थीका लागि पाँच किलोमिटरको दूरी रहेको छ । प्रतियोगिताको खुलातर्फ प्रथम हुनेले रु ५५ हजार ५५५, द्वितीयले रु ३३ हजार ३३३ र तृतीयले रु २२ हजार २२२ पाउनेछन् ।

त्यसैगरी कर्पोरेट र सञ्चार, महिला तथा विद्यार्थीतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार ५५५, तीन हजार ३३३ र दुई हजार २२२ प्राप्त गर्ने आयोजकले जनाएको छ । ट्राई साइकल रेसमा भने सहभागी सबैलाई सम्मानसहित पुरस्कार दिइने प्रतियोगिताका संयोजक महेश्वर ओझाले बताउनुभयो । प्रतियोगिताका लागि देशको जुनसुकै स्थानबाट प्रतियोगी सहभागी हुने सक्ने उनको भनाइ रहेको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि रजिष्ट्रेशन शुल्क ३०० (टिसर्टसहित) निर्धारण गरिएको छ । सहभागी धावकमध्ये गोला प्रथाबाट एकजना भाग्यशाली धावकलाई आकर्षक उपहार प्रदान गरिनेछ । नयाँ वर्षका अवसरमा हरेक वर्ष वैशाख १ गते आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष भने केही दिनअघि हुने भएको हो । रासस ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal