‘दिमाग खुस्केको जस्तो जे पायो त्यहि बोल्नेसँग एकता गर्दैनौँ’- नेपाल

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेसँग एकता नहुने बताएका छन् । आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आउँदो निर्वाचनमा नेकपा एमालेसँग कुनैपनि हालतमा एकता नगर्ने बताएका हुन् ।

सुदूरपश्चिममा अन्य पार्टीका नेता तथा कार्यकर्तालाई समाजवादीमा प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन धनगढी पुगेका नेपालले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लर्को लागेको बताए । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिलाई इंकित गर्दै नेपालले भने, ‘दिमाग खुस्केको मान्छेजस्तो जे पायो त्यहि बोल्दै हिँडेको छ ।’ ‘आत्तिएर होस् गुमाउनेसँग हाम्रो पार्टीले एकता गर्दैन’, उनले थपे, ‘अन्य पार्टीसँग निर्वाचनमा गठबन्धनको तयारी छ ।’

एकिकृत समाजवादी पार्टीको पकड अन्य प्रदेशमा भन्दा सुदूरपश्चिममा बलियो रहेको बताउँदै नेपालले प्रदेशमा चुनावी तालमेल मिलाउने अभ्यास भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal