बुधबारदेखी धनगढीमा ‘टाइफाइड’ विरुद्धको खोप लगाइदै…

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा टाइफाइड रोग विरुद्धको खोप अभियान बुधबार बाट सूरु हुने भएको छ । गर्मीयाम सूरु भएसँगै टाइफाइड रोगको बढ्दो संक्रमणको जोखिम न्युनिकरण गर्नका लागी खोप अभियान सूरु गरिने भएको हो ।

मंगलबार आयोजित पालिका स्तरिय खोप समन्वय समितीको अभिमुखिकरण कार्यक्रमबाट खोप अभियानको थालनि गरको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । खोप अभियानमा पालिकाभित्र रहेका १८४ विद्यालय तथा समुदायका बालबालिकालाई समेट्ने स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहोराले बताए । ‘अभियानमा १५ महिनादेखी १५ वर्ष मुनिका बालबालिकालाई एक मात्रा खोप दिईनेछ’, बोहोराले भने, ‘विद्यालयको तथ्यांक अनुसार विद्यालयका बालबालिकालाई खोप दिईनेछ ।’

अभियानले धनगढी उपमहानगरपालिका भित्रका कुल ५७ हजार ७ सय ८२ बालबालिकालाई समेट्ने छ । जसअन्तर्गत एच.एम.आई.एस का अनुसार १५ महिनादेखी ४ वर्ष उमेर समूहका ६ हजार ५ सय ११ जना बालबालिका रहेका छन् । त्यस्तै विद्यालयको तथ्यगत विवरणका आधारमा ५ वर्षदेखी १५ वर्ष उमेर समूहका ५१ हजार २ सय ७१ जना बालबालिका रहेका छन् ।

पालिकाभित्रका संस्थागत वा सामुदायिक विद्यालयहरुमा खोपकेन्द्र स्थापना गरी खोप सेवा प्रदान गर्ने लक्ष्य रहेको जनस्वास्थ्य निरिक्षक योगेश अवस्थीले जानकारी दिए । विद्यालयमा अध्यनरत बालबालिकाले विद्यालयको सिफारिसका आधारमा खोप पाउनेछन् भने अन्यको हकमा अभिभावकको उपस्थितिमा खोप लगाउन पाउनेछन् । खोप अभियान चैत्र २३ गतेदेखी बैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal