सुदूरपश्चिमको पर्यटन प्रवद्धनका लागि ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ सूरु

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आजबाट फारवेष्ट ट्राभल मार्ट २०२२ सुरु भएको छ । पर्यटकीय सम्भावनाको उजागर, बजारीकरण गर्ने र पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले मार्ट आयोजना गरिएको हो । मार्टको आज एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आजबाट फारवेष्ट ट्राभल मार्ट २०२२ सुरु भएको छ । पर्यटकीय सम्भावनाको उजागर, बजारीकरण गर्ने र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले मार्ट आयोजना गरिएको हो ।

मार्टको आज एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उद्घाटन गरेका छन् । सो क्रममा उनले सुदूरपश्चिमको धनगढीमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापनाले पर्यटन विकास गर्न मार्गदर्शन प्राप्त भएको बताए । ‘नेपालको बर्तमान प्रधानमन्त्री सुदूरपश्चिमबाटै छन्’, उनले भने, ‘सुदूरको पर्यटन विकासका लागि यो उपयुक्त छ ।’ त्यस्तै उनले आउँदो बजेटमा १० अर्व बराबरको बजेट धनगढी विमानस्थलका लागि छुट्याउने र क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने प्रतिवद्धता गरेका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै नाटा सुदूरपश्चिमका अध्यक्ष माया प्रकास भट्टले यो मार्टले समग्र सुदूरपश्चिमको विकास तथा पर्यटन प्रवद्धनमा सहयोग पुग्ने आशय व्यक्त गरेका छन् । ‘सुदूरको पर्यटन विकासमा भारतिय पर्यटकको भूमिका अग्र स्थानमा रहन्छ’, उनले भने, ‘पर्यटन क्षेत्रलाई व्यवसायीक रुपमा विकास गर्न सबैले हातेमालो गर्न आवश्यक छ ।’

नेपाल पर्यटन बोर्ड र धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा नाट्टा सुदूरपश्चिम धनगढीस्थित रुबस होटलमा मार्ट आयोजना गरेको हो । सो मार्टमा नेपाल–भारतका सरोकारवालाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal