धनगढीको मेयरका लागी एमालेबाट ५ जनाको नाम सिफारिस, कसको सम्भावना बलियो ?

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । देशभर आसन्न स्थानीय चुनावको तयारी तिव्र पारिएका बेला विभिन्न दललाई उम्मेदवार चुन्न सकस परेको छ । उम्मेदवारका आकांक्षीबीच प्रतिष्पर्धा चलिरहेका बेला धनगढी उपमहानगरपालिकाको नगरप्रमुख पदका लागी नेकपा एमालेको तर्फबाट पाँच जनाको नाम सिफारिस गरिएको छ ।

नगरप्रमुख पदका लागी चर्चामा रहेका नेकपा एमालेका युवा नेता कमल राना, गोमा अधिकारी, रण बहादुर चन्द, दुर्गा जोशी र जीवन बमको नाम केन्द्रमा सिफारिस गरिएको हो । उपमहानगरपालिकाको मेयरको टिकट केन्द्रबाटै निर्धारण गरिने छ । सिफाररुस भएकाहरुमध्ये युवा नेता रानाको सम्भावना प्रवल रुपमा देखिएको छ । युवाहरुमा लोकप्रिय रहेका रानाले धनगढी उपमहानगरपालिकामा आफ्नो राम्रै छवि स्थापित गरेका छन् । कोरोना माहामारीका बेलामा समुदायमा अब्बल भुमिका खेल्नुका साथै सकरात्मक सोच र युवाहरुको साथले उनलाई धनगढीको मेयरमा बलियो रुपमा हेरिएको हो ।

त्यस्तै उनी बाहेक चन्द, अधिकारी, बम र जोशी पनि धनगढीमा लोकप्रिय नेताको छवि बनाएका छन् । त्यस्तै उपप्रमुखका लागि पनि तीन जनाको नाम केन्द्रमा पठाइएको हो । उपप्रमुखमा दीप्ति शाही, कन्दकला राना र जानकी चौधरीको पनि नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal