माओवादीबाट जितेका ऐरले स्वतन्त्रबाट उम्मेदवारी दिंदै

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा तत्कालिन अध्यक्ष बल बहादुर ऐरले पुनः उम्मेदवारी दिने भएका छन् । अघिल्लो पटकको स्थानीय तहको चुनावमा माआवादी केन्द्रबाट विजयी भएका ऐरले बैशाख ३० गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।

वडा नम्बर ३ मा वडा अध्यक्षको स्वतन्त्र उम्मेदवार ऐरले आफु धनगढी उपमहानगरपालिकाको नगरप्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमालको टिममा रहेको जानकारी दिएका छन् । आसन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार हमाललाई सहयोग गर्ने बताउँदै ऐरले वर्तमान आवश्यकताका आधारमा स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal