अध्यक्षमा पाण्डेको उम्मेदवारीसङ्गै ४० वर्षपछी गाडियो ओझा टोलमा एमालेको झण्डा…

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । आसन्न स्थानिय तहको चुनावमा धनगढी उपमहानगरपालिका वडा नं १४ मा नेकपा एमालेको बर्चस्व रहने देखिएको छ । वडाको अध्यक्षमा कृष्ण पाण्डेले उम्मेदवारी दिएसङ्गै वडाभरको राजनीतिमा अपेक्षित परिवर्तन देखिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नं १४ बि गाउँ स्थित ओझा टोलमा विगत ४० वर्षदेखि नेपाली काङ्ग्रेसको एकलौटी दबदबा रहदै आएको थियो । तर स्थानीय तह निर्वाचन २०७९ मा एमालेको सक्रिय टिमको आगमनसङ्गै नेपाली काङ्ग्रेसको दबदबालाई तोड्दै ओझा टोल नै एमालेमय भएको छ ।

वडा नं १४ को नयाँ टिममा युवा प्रतिनिधिको बढि उपस्थिति रहेको छ । युवामा लोकप्रिय कृष्ण पाण्डेको अध्यक्षतामा महिला खुल्ला सदस्य गौमती क्षेत्री, दलित महिला सदस्य मोतिसरा सुनार, खुल्ला सदस्य रामप्रसाद थारु र रमेश चौधरीले उम्मेदवारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal