कांग्रेस धनगढीमा भिषण पहिरो, अन्तिम पटक ‘जय-नेपाल’ भन्दै ५८ जनाले गरे पार्टी परित्याग…

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । नेपाली कांग्रेसका ५८ जना क्रियाशिल सदस्यले एकैपटक पार्टी परित्याग गरेसँगै धनगढीको राजनीतिमा हलचल मच्चिएको छ । बिहिबार धनगढीमा एक कार्यक्रमकाबीच पार्टीबाट रुष्ठ कांग्रेसका क्रियाशिल सदस्यले पार्टी छाडेपछि कांग्रेस धनगढीमा पहिरो गएको आंकलन गरिएको छ ।

आसन्न स्थानीय तहको चुनावका लागी धनगढी उपमहानगरपालिका वडा नं ४ मा नेपाली कांग्रेसबाट ११ जना अध्यक्ष र २२ जना सदस्य पदका लागी उम्मेदवारी दावी गरिएको भएपनि आवश्यक छलफल बिना पार्टीको विधान विपरित निर्णय गरेको उनिहरुको आरोप छ । स्थानीय तह निर्वाचन २०७४ मा पार्टीको आधिकारीक उम्मेदवारका विरुद्ध बागी भई कारबाहीमा परेको तर हालसम्म कारबाही फुकुवा नभएका व्यक्तिलाई काखी च्याप्ने काम भएकोले पार्टी परित्याग गरेको प्रेस विज्ञप्तीमार्फत जनाईएको छ ।

टिकट वितरण गर्ने सवालमा पनि धांधली गरेको प्रमाण फेला परेको बताउँदै उनिहरुले अमर्यादित पार्टीको सदस्य भएर बस्न नसकिने बताएका छन् । ‘एकलौटी ढंगले गरेको निर्णयले तथा पार्टीले गर्ने विभेदपूर्ण व्यवहारबाट पिडित हामी पार्टीका इमान्दार, क्रियाशिल एवं सक्रिय कार्यकर्ताहरुले यस्तो पार्टीमा बसिरहनु उचित ठानेनौ र आजका मितीदेखि नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी सामुहिक रानीनामा दिने निर्णय गरेका छौँ’, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal