धनगढीमा मतदातासँगै नाचे एमालेका उम्मेदवार…

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । आसन्न स्थानिय तहको चुनावी प्रचारप्रसारमा रहेका धनगढी उपमहानगरपालिकामा एमालेका उम्मेदवार मतदातासँगै रमाएका छन् । शनिबार वडा नम्बर १४ मा आयोजना गरिएको वडा भेला तथा घरदैलो कार्यक्रममा ‘सै पनि एमाले मै पनि एमाले गित’ मा नगरप्रमुख पदका उम्मेदवार रण बहादुर चन्द र उपप्रमुख पदका उम्मेदवार कन्द्रकला राना मतदातासँगै नाचेका हुन् ।

वडा भेला तथा घरदैलो अभियानमा युवाृ वृद्धवृद्धा तथा नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो । बुढेसकालमा एमालेले साहरा दिएको भन्दै वृद्धवृद्धा नाचेका थिए भने युवा जमात समृद्धिको आधार एमाले हो भन्दै नाचेका थिए । सहभागीहरुसँगै धनगढीका उम्मेदवारहरुपनि मतदतासँगै रमाएका हुन् । भेलामा सुर्य अंकित ध्वजवाहक झण्डा देखेर अधिकांश खुसी देखिन्थे ।

भेला तथा घरदैलो अभियानमा वडा नं १४, १८ र १९ का अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal