थारु आरक्षण काट्ने गठबन्धनलाई थारु जनताले भोट दिदैनन्…

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । संविधानमा उल्लेख गरिएको हक अधिकारलाई कुण्ठित गर्ने गबन्धनलाई आउँदो निर्वाचनमा भोट नदिने भन्दै कैलालीका थारुजातीहरु एकजुट भएका छन् । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले गत फागुन ३० गते निजामती सेवा अन्तर्गत तह विहिन वनरक्षक पदका लागी आह्वान गरेको सुचनामा थारु आरक्षण कोटा हटाएको भन्दै उनिहरुले विरोध जनाएका हुन् ।

संविधानमा उल्लेख गरिएको थारु आरक्षणको स्पष्ट नीतिलाई गठबन्धनको सरकारले बर्जित गरेको धनगढी ८ का बुद्धिराम रानाले आरोप लगाए । ‘एकाधिकारका नाममा यो सरकारले हाम्रो अधिकारलाई कुण्ठित गर्यो’, उनले भने, ‘हेपेर पाखा लगाउने गठबनधनलाई थारु जनताले भोट दिदैनन् ।’ पहिलेको संघिय ऐनमा यस्तो व्यवस्था नभएको भएपनि नेपालको संविधान २०७२ ले थारु जातीको उक्त कलस्टरलाई मान्यता दिएको रानाले बताए । उनले थपे, सरकारको यो विभेदकारी हर्कतको जवाफ थारु जनताले यसपालीको निर्वाचनमा दिनेछन् ।

त्यस्तै प्रदेश लोकसेवा आयोगले पनि विज्ञापन निकाल्ने हतारोमा संविधानको मर्म बिर्सेको शेखर चौधरीले बताएका छन् । ‘थारु जातीको आरक्षण नै काटेर विज्ञापन निकाल्दा थारु समुदायलाई मर्का परेको छ’, चौधरीले भने, ‘सरकारको यो कदमप्रति नेपालको कुल जनसंख्याको ७ प्रतिशत थारु जाती रुष्ठ छन् ।’ आयोगले अरू जातजाति, वर्ग, समुदायको कोटा निर्धारण गरेको भएपनि समानुपातिक समावेशी सहभागिताको सिद्धान्तलाई लत्याउँदै थारु कोटा हटाएको चौधरीले आरोप लगाएका छन् ।

प्रदेश लोक सेवा आयोगले २०७८ फागुन ३० गते प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदका लागि खुला तथा समावेशी गरी १६७ पदमा विज्ञापन खुलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal