कांग्रेस नेतृत्वको स्थानिय सरकारले धनगढीलाई नगरपालिका होइन नरकपालिका बनायो : राना

धनगढी । धनगढी उपमहानगरपालिकाको नेतृत्व गरेको नेपाली कांग्रेसले पाँच वर्षको कार्यकालमा धनगढीलाई नगरपालिका नभएर नरकपालिका बनाएको नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी रानाले आरोप लगाएका छन । धनगढी ७ बेलिमा आयोजना गरिएको चुनावी भेलालाई सम्बोधन गर्दै रानाले अहिलेको स्थानिय सरकार विकासका सवालमा फेल भएको बताएका छन् । नेपाली कांग्रेसले पछिल्लो पाँच वर्षमा धनगढीको यथोचित विकासका लागी माखो मार्ने काम समेत गरेन, उनले भने, केन्द्रीय सरकारमा केपि ओलि नभएको भए धनगढीका बाटाहरु टुहुरो हुनेथिए ।

त्यस्तै संघिय बजेटमा सम्पन्न गरिएका योजनालाई श्रेय पाउने होडबाजीमा वर्तमान सरकारले भ्रामक अफवाह फैलाउने काम गरेको रानाले बताएका छन । त्यस्तै स्वतन्त्र उम्मेद्वारका नाममा केही व्यक्तीहरुले विकास र समृद्धिको झुठो आश्वासन दिइरहेको पनि रानाले बताए । सिजन आँपको भएपनी काँचै छ, रानाले थपे, काँचो आँपको अस्तित्व केहिदिनमा एमालेको हावाहुरीले तय गर्छ। त्यस्तै रुख र आँपबाट समृद्ध धनगढीको परिकल्पना गर्न नसकिने बताउँदै रानाले यसपालिको निर्वाचनमा विकासको आधार तय गरेको नेकपा एमालेलाई जिताउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal