बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट, प्रहरी कार्यालयमा तोडफोड हुँदा गोली चल्यो

बाजुरा । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरू बिच झडप भएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ मा झडप भएको हो ।

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यकर्ताले एकीकृत समाजवादीकाका कार्यकर्ता बिच झडप भएको हो । कांग्रेसका कार्यकर्ताको कुटाइबाट उनीहरू भागेर प्रहरी कार्यालयमा गएका थिए । पाण्डुसेन प्रहरी कार्यालयमा एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका छन ।

प्रहरीले घटना नियन्त्रणमा लिन हवाई फायर गरेको जनाएको छ । प्रहरी तर्फ तीन जना र नेपाली कांग्रेसका तीन जना घाइते भएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal