विकट क्षेत्र रहेको छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो

दार्चुला । आसन्न निर्वाचनका लागि व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचनमा प्रयोग हुने सामग्री, निर्वाचन अधिकृत तथा सुरक्षाकर्मी पठाइएको जानकारी दिए । तिङ्करको छायालेकमा रहेको प्रहरी चौकीका लागि आवश्यक सामग्री पनि हेलिकप्टरमार्फत लगिएको उनले बताए । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal