कञ्चनपुरमा मतदाता आकर्षित गर्नका लागि सेवा सुविधा नलिने उम्मेदवारको घोषणा

कञ्चनपुर । मतदातालाई आकर्षित गर्न सेवा सुविधा नलिने घोषणा गरी जिल्लामा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चुनाव प्रचारको मिति सकिनै लाग्दा उम्मेदवार मतदाता आकर्षित गर्न सेवा सुविधासम्म नलिने घोषणा गर्न थालेका हुन । स्थानीय तहका जनप्रतिनिधिले सुदूरपश्चिम प्रदेश सरकारले बनाएको कानुनका आधारमा सेवा सुविधा पाउने गरेका छन् । यस आधारमा दिइने सेवा सुविधा नखाने घोषणा गरी केही दलका उम्मेदवारले चुनावमा उम्मेदवार दिएका छन् । सेवा सुविधा नलिने घोषणा गर्नेमा सबैभन्दा बढी कांग्रेसका उम्मेदवार छन् । भीमदत्त नगरपालिकामा कांग्रेसका तीन वडाध्यक्षका उम्मेदवारले सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

जिल्ला सदरमुकाम बाहिर बेलडाँडी गाउँपालिकामा नेकपा (एमाले) का वडाध्यक्षका उम्मेदवार दीपेन्द्र धामीले पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनले सेवा सुविधाबापत पाउने रकम विपन्न परिवारका लागि खर्च गर्ने घोषणा गरेका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवार आशेफ कुँवर, भूपेन्द्र रावल र प्रकाश थापाले सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनीहरुमध्ये भीनपा–१ मा अघिल्लो निर्वाचतमा निर्वाचित कुँवर फेरि दोहोरिएका छन् । रावल र थापा पहिलोपटक चुनावी मैदानमा छन् । अघिल्लो कार्यकालमा निर्वाचित कुँवरले आफूले पाउने सेवा सुविधा ज्येष्ठ नागरिकलाई वितरण गरेका थिए ।

भीनपा–१२ मा रावलले सेवा सुविधाबाट कोष खडा गरी विपन्न, दलित, विद्यार्थीको स्कुल ड्रेस, सुत्केरी महिला तथा एकल वृद्धवृद्धामा खर्च गर्ने घोषणा गरेका छन् । सेवा सुविधा नलिनेमा नेकपा ९माओवादी केन्द्र०बाट भीनपा–३ का अध्यक्षका उम्मेदवार उपेन्द्रबहादुर कुँवर पनि छन् । माओवादीको प्रदेश सल्लाहकार कमिटी सदस्य उनले सेवा सुविधाबापत पाउने रकमबाट कोष बनाएर वडाका गरिब विपन्न दलित समुदायको उत्थानमा खर्च गर्ने घोषणा गरेका छन् । शुक्लाफाँटा नगरपालिका–३ बाट एमालेबाट उम्मेदवार बनेका कपेन्द्र बमले समेत थारु मतदाता आकर्षित गर्नका लागि नगरपालिकाबाट पाइने सेवा सुविधा नलिने घोषणा गरेका छन् । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal