‘सुक्ष्म सर्वेक्षणले प्रमाणित गर्छ, एमालेको जित वडा नं १४ मा निश्चित छ’ -पाण्डे

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । स्थानीत तह निर्वाचनका लागी मदतान गर्न अब ४ दिन मात्रै बाँकी छ । विभिन्न दलका उम्मेदवारहरु अब चुनावी प्रचारप्रसार तथा भोट माग्ने अन्तिम कसरतमा छन् । मंगलबार राती १२ बजेदेखी मौन अवधि सूरु भएलगत्तै पार्टीका प्रचार तथा घरदैलो अभियान बन्द हुनेछन् । यो अवधिमा अब विभिन्न दलका उम्मेदवारहरु आफ्नो जितको सुक्ष्म सर्वेक्षण गर्नमा व्यस्त छन् ।

आफूहरुले गरेको सुक्ष्म सर्वेक्षणका आधारमा धनगढी १४ मा नेकपा (एमाले)को जित सुनिश्चित भएको वडा अध्यक्षका उम्मेदवार कृष्ण पाण्डेले बताएका छन् । ‘गठबन्धनप्रतिको तिक्तता र स्वतन्त्रप्रतिको अविश्वासले जनताको मत सुर्यमै जान्छ’, उनले भने, ‘मेरो वडामा गरेको सुक्ष्म सर्वेक्षणले पनि एमालेको जितलाई प्रमाणित गरेको छ ।’

त्यस्तै पाण्डेले यो उर्जालाई कायम राख्दै कसैको प्रलोभनमा नपरी धनगढी उपमहानगरपालिकाका सम्पुर्ण उम्मेदवारलाई सुर्यमै भोट हाल्न समेत आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal