‘देशको समृद्धिमाथी गद्धारी गर्नेलाई पार्टीले छाड्दैन’ –नारदमुनि राना

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । आसन्न स्थानीय तहको निर्वाचनका लागी मतदान गर्ने दिनका लागी अब तीन दिन मात्रै बाँकी छ । मंगलबार राती १२ बजेदेखी पार्टीका सम्पुर्ण प्रचारप्रसारका गतिविधिमा प्रतिबन्ध लागी मौन अवधि सूरु हुन्छ । त्यसैबीच प्रचारप्रसारको अन्तिम दिन धनगढीमा नेकपा एमालेको बृहत र्यालीको आयोजना समेत गरिएको छ ।

बृहत र्यालीलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले अव देशको समृद्धिको एउटै विकल्प नेकपा एमाले भएको बताएका छन् । ‘एमालेले सपना मात्र देखाउँदैन ती सपना पुरा पनि गर्छ’, रानाले भने, ‘विगत ५ वर्षमा धनगढीको विकासमा हुन नसकेको काम एमालेको सरकार आए अवको ५ वर्षमा पुरा गछौँ ।’

अहिले नेकपा एमालेले देशको यथाचित विकासको रोखा कोरेको रानाले बताए । ‘सुन्दैछु पार्टीभित्रै मत विभाजन गरी धोका दिने रणनीति तयार पारिदै छ’, उनले थपे, ‘पार्टीलाई धोका दिएर देशको समृद्धिमाथी धोका दिनेलाई पार्टीले छोड्दैन ।’ त्यस्तै रानाले आउँदै बैशाख ३० गतेको निर्वाचनमा नेकपा एमालेका सुर्य ध्वजाबाहक उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal