सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस, केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा भूकम्पको महसुस गरिएको छ । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ । यसअघि यही वैशाख ६ गते पनि सूदूरपश्चिमकै सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएका थिए । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal