शुक्लाफाँटामा माओवादी केन्द्रको अग्रता कायमै, प्रतिद्वन्द्वी एमाले पछँयाउदै

कञ्नचनपुर । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै रहेको छ । दुई हजार ३४८ मतगणना हुँदा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार नवराज ऐरले ७९३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रणबहादुर महराले ६६३ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसका चिन्तामणि भट्टले ४६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले ५७१, नेकपा एमालेका मोनिका भट्टले ५२० र नेपाली कांग्रेसका कल्पना जोशीले ५०९ मत प्राप्त गरेका छन् । वडा नं १ का अध्यक्षमा एमालेका उत्तरदेव भट्ट ७८३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवर्ण विष्टले ५३५ मत ल्याएका छन् । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का हरिश विष्टले ३८४ मत प्राप्त गरेका छन् । अहिले वडा नं २ को मतगणनाको कार्य सुरु गरिएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal