कैलालीको कैलारी गाउँपालिकाका तीन वडामा कांग्रेस विजयी

कैलाली । कैलालीको कैलारी गाउँपालिकाको वडा १, २, ३ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा– १ को अध्यक्षमा कांग्रेसका धोजपाल बोहरा एक हजार ११५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र०का बालकृष्ण डगौराले ६६) मत पाएका छन् । वडा २ को अध्यक्षमा कांग्रेसका विकास चौधरी एक हजार ४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका दयाशङ्कर चौधरीले ८५६ मत पाएका छन् ।

यसैगरी वडा ३ को अध्यक्षमा कांग्रेसकै सन्तराम चौधरी एक हजार १२ मतसहित विजयी भएका छन् । उनी उक्त वडाको ‘भलमन्सा’को जिम्मेवारीमा पनि हुन् । निकटतम प्रतिद्वन्द्वी माओवादीका कैलाश चौधरी ७७३ मत पाप्त गरेका छन् । वि.सं. २०७४ को स्थानीय तहको चुनावमा यी वडाहरूमा माओवादीका उम्मेदवार विजयी भएका थिए । मतगणनाको पछिल्लो परिणाम अनुसार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राज समझ चौधरी तीन हजार चार मतसहित अगाडि छन् । उनलाई राप्रपाका होमबहादुर गुरुङले दुई हजार ६७८ मतसहित पछ्याइरहेका छन् ।

उपध्यक्षमा कांग्रेसकै भगवती कुमारी चौधरी तीन हजार ५३ मतसहित अगाडि छन् । उनलाई राप्रपाका दुई हजार २५३ सहित पछ्याइरहेका छन् । नौ वडा रहेको गाउँपालिकाका बाँकी वडामा मत गणना जारी छ । धनगढी उपमहानगरपालिका १ को अध्यक्षमा कांग्रेसका सन्तोष मुडभरी एक हजार २६९ मत प्राप्त गरी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार मुडभरीका निकटतम प्रतिद्वन्द्वी माओवादीका यदु सुनारले ५९६ मत प्राप्त गरेका छन् । वडाका अन्य चार सदस्य पदमा समेत कांग्रेसका प्रत्यासी विजयी भएका छन् । मुडभरी निवर्तमान वडाध्यक्ष समेत थिए ।

उपमहानगरपालिकाको २, ३, १८ र १९ वडाको मतगणना गए रातिदेखि जारी छ । उपमहानगरपालिकाको सात हजार ४७० मत गणना हुँदा प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले तीन हजार ३२९ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका प्रमुखका प्रत्यासी नृपबहादुर वडले एक हजार ८३६ मतसहित पछ्याइरहेका छन् । उपमहानगरको उपप्रमुखमा माओवादीका शान्ति अधिकारीले एक हजार ६२३ मत र एमालेकी कन्दकला रानाथारुले एक हजार ३५३ मत प्राप्त गरेका छन् । उपमहानगरपालिकाको झण्डै ५० हजार मतको गणना हुन बाँकी छ ।

कैलालीको गोदावरी र लम्कीचुहा नगरपालिका, जानकी र कैलारी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मतगणनमा आगाडि छन् । नेकपा (एकीकृत समाजवादी) का प्रमुखका प्रत्यासी घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा आगाडि छन् । माओवादीका गौरीगङ्गा नगरपालिकाको प्रमुखमा र एमाले बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदमा अगाडि रहेको छ । नागरिक उन्मुक्ति पार्टीको प्रमुखका प्रत्यासी जिल्लाको टीकापुर र भजनी नगरपालिकाका साथै जोशीपुर गाउँपालिमा मतगणनामा अगाडि छन् । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal