धनगढी १८ मा प्यानलसहित एमालेका उम्मेदवार रिजालको विजयी

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढी उपमहानगरपालिका वडा नं १८ मा प्यालनसहित नेकपा एमाले विजयी भएको छ । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम अनुसार नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार भुवन रिजाल सहितको प्यानलले विजयी हासील गरेको हो ।

वडा नं १८ मा खसेको कुल २६ सय ५० मतसंख्यामा ९ सय २१ मत प्राप्त गर्दै अध्यक्षका उम्मेदवार रिजाल विजयी भएका हुन् । त्यस्तै हालसम्म गरिएको १५ हजार ४ सय ६७ मत गणनामा नेकपा एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार रण बहादुर चन्दले १८ सय ७ मत प्राप्त गरेका छन् भने उपप्रमुखकी उम्मेदवार कन्दकला रानाले ३ हजार ४९ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै गठबन्धनबाट नगरप्रमुखका उम्मेदवार नेपाली कांग्रेसका नृप बहादुर वडले ३ हजार ५ सय ५४ मत प्राप्त गर्दा गठबन्धनकै तर्फबाट उपमेयरकी उम्मेदवार माओवादीकी शान्ती अधिकारीले २ हजार १ सय १३ मत प्राप्त गरेकी छिन् । त्यस्तै स्वतन्त्र उम्मेदवार गोपाल हमालले ६ हजार ८ सय ४१ मत प्राप्त गर्दा उममेयरका उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६ सय ८६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal