डोटीका छ स्थानीय तहको परिणाम सार्वजनिक, कांग्रेस अग्रस्थानमा

डोटी । डोटीका नौ स्थानीय तहमध्ये छ वटाको मत परिणाम सार्वजनिक भएको छ । यीमध्ये बोगटान फुड्सिल गाउँपालिका, बडिकेदार गाउँपालिका, जोरायल गाउँपालिका, आदर्श गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र सायल गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो । बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का कमलबहादुर गड्सिलाले दुई हजार ५८ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका छन् । यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसका विष्नादेवी बमले दुई हजार ६३ मत ल्याएर निर्वाचित भएका छन् । यस गाउँपालिका अन्तर्गतका जम्मा सात वडामध्यै नेकपा (एमाले) ले दुई, नेपाली कांग्रेस तीन र नेकपा (माओवादी केन्द्र) ले दुई वटा वडामा वडाध्यक्ष पदमा जित हासिल गरेका छन् । उता बडिकेदार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भैरव बहादुर साउँद निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा निर्वाचित साउँदले दुई हजार ३४३ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष पदमा कांग्रेसकै डम्मरी कुमारी विष्ट (कलेल) ले दुई हजार ४०७ मत ल्याएर निर्वाचित भएकी छिन् । यस गाउँपालिका अन्तर्गतका छ वडामध्ये नेकपा एमालेले दुई, कांग्रेस दुई र नेकपा माओवादी केन्द्रले एक वडामा वडाको अध्यक्ष पदमा जित हासिल गरेका छन् । यसैगरी डोटीको जोरायल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका दुर्गादत्त ओझाले तीन हजार ४४९ मतसहित अध्यक्ष पदमा विजयी भएका हुन् । उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ । एमालेकी जमुना कुमारी बोहरा (रोकाया) ले तीन हजार ५९९ मत प्राप्त गरेर विजयी भएका हुन् । यस गाउँपालिका अन्तर्गतका जम्मा छ वडामध्ये नेकपा एमालेले चार, नेपाली कांग्रेस दुई वटा वडामा वडाध्यक्ष पदमा जित हासिल गरेका छन् । डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

कांग्रेसबाट तीन हजार ७७३ मतसहित अध्यक्षमा गणेशबहादुर खड्का विजयी भएका हुन् । उपाध्यक्षमा तीन हजार ६७४ मतसहित कांग्रेसकी लक्ष्मी रोकाया विजयी भएका छन् । यस गाउँपालिका अन्तर्गतका जम्मा सात वडामध्ये नेकपा एमालेले तीन, नेपाली कांग्रेसले चार वटा वडाको वडाध्यक्ष पदमा जित हासिल गरेका छन् । पूर्वीचौकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । पाँच हजार १३३ मत ल्याएर अध्यक्षमा कांग्रेसका राम प्रसाद उपाध्याय निर्वाचित भएका छन् भने चार हजार ७२४ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी पशुपति खड्का निर्वाचित भएका छन् । यस गाउँपालिका अन्तर्गतका सातवटै वडाको वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । यसैगरी सायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । तीन हजार २४३ मत ल्याएर अध्यक्षमा कांग्रेसका धर्मराज जोशी विजयी भएका छन् भने दुई हजार ९३७ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी निर्मला बोहरा ओली निर्वाचित भएका छन् । यस गाउँपालिकाका छ वडामध्ये नेकपा एमालेले एक, नेपाली कांग्रेसले पाँच वटा वडाको अध्यक्ष पदमा जित हासिल गरेका छन् । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal