डडेल्धुरामा छ वटा पालिकाको मत परिणाम सार्वजनिक, चार वटामा कांग्रेस विजयी

डडेल्धुरा । डडेल्धुराका सातवटा स्थानीयतहमध्ये छ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । यी छ मध्ये चार वटामा कांग्रेस विजयी भएको छ भने दुई मा नेकपा (माओवादी केन्द्र) विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका–१० वडासहित प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ । अमरगढीमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन् । प्रमुखमा जोशीले तीन हजार ६१९ र उपप्रमुखमा झुकालले तीन हजार ६७८ मत ल्याई विजयी भएका हुन् । अमरगढीमा नौ हजार ७९२ मत खसेका थिए ।

त्यसैगरी जिल्लाको भागेश्वर गाउँपालिकामा पनि नेपाली कांग्रेसकै हेमराज चटौत र पुष्पा ठकुराठी क्रमशः अध्यक्ष र उपाध्यक्षमा विजयी भएका हुन् । भागेश्वर गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमराज चटौत दुई हजार ३११ मतल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार रामबहादुर शाहीलाई एक हजार २३३ मतान्तरले पराजित गरेका हुन् । पराजित रामबहादुर शाहीले एक हजार ७८ मत ल्याउनुभएको छ भने उपाध्यक्षमा पुष्पा ठकुराठीले दुई हजार ३४८ मतल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका गीता भट्टले ८३२ मत ल्याएका छन् । भागेश्वरमा कांग्रेसले चार वडासहित पालिकामा छ ।

त्यसैगरी गन्यापधुरा गाउपालिकामा पनि चार वडासहित अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका इन्द्र कार्की र ज्ञानु सेठी विजयी भएका छन् । नवदुर्गा गाउँपालिकामा पनि कांग्रेसले दुई वडासहित अध्यक्ष उपाध्यक्षमा लक्ष्मी प्रसाद अवस्थी र निर्मला विष्ट बोगटीले जित हासिल गरेका छन् । अजयमेरु गाउँपालिकामा नेकपा माओवादीका उमेशप्रसाद भट्ट विजयी भएका छन् । भट्ट दोस्रो कार्याकालका लागि पुनः विजयी भएका हुन् । अजयमेरु गाउँपालिकाका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार उमेशप्रसाद भट्ट दुई हजार ४६९ मत ल्याई विजयी भएका हुन् । उपाध्यक्षमा भने कांग्रेसका उमेदवार वसन्ती पालले दुई हजार ५६५ मतल्याई विजयी भएका छन् । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal